ट्रान्क्युलिटी स्पाले ल्यायो नयाँ बर्ष अफर
अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा ट्रान्क्युलिटी स्पाले बिशेष छुट योजना ल्याएको छ । जसअन्तर्गत स्पाको कुनै पनि सेवा एक पटक सशुल्क लिएपछि अर्को पटकको सेवा निःशुल्क पाईने स्पाका अध्यक्ष भुवन फैंजुले जानकारी दिए ।
अध्यक्ष फैंजुका अनुसार छुट योजना जनवरी २०१७ सम्म लागु हुनेछ । स्पाकोे सबै शाखाबाट यो छुट सुबिधा उपलब्ध हुने बताइएको छ । ट्रान्क्युलिटीको शाखा काठमाडौं, पोखरा र मलेसियामा छ ।
ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ, योगा सेवाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको फैंजु बताउँछन् ।
शारीरिक थकान, मानसिक तनाव, जीउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुने अध्यक्ष भुवन फैंजूको भनाई छ । स्पाकै ब्यबस्थापनमा सिटिईभिटिबाट सम्बन्धन प्राप्त ट्रान्क्युलिटी इन्टरनेशनल ब्युटी एकेडेमी समेत सञ्चालनमा छ ।