समाचार शुक्रबार, कात्तिक ८, २०७६

भेनेजुयलाका राष्ट्रपति मदुरो र प्रम ओलीबीच भेट

रासस

असंलग्न आन्दोलन (नाम) को जारी १८औं शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार बाकु कन्भेन्सन सेन्टरमा भेटवार्ता भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकोमा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए । उनीहरूबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो।

शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि आजै भेटवार्ता भयो । सो अवसरमा उनीहरूबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गरे । नाम सम्मेलन आजै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो ।

सम्मेलनको आजै उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङडुङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।

यसैगरी भारतका उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरुको १८ औँ शिखर सम्मेलनका क्रममा उनीहरुबीच भेटघाट भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस