रक्सौलमा ट्रयाङ्कर चालकमाथि गोली प्रहार
भारतको रक्सौलबाट पेट्रोल लिएर आउदै गरेको ना.५ ख. ८८४५ नं. ट्रयाङ्कर चालकमाथि गोली प्रहार भएको छ ।
गोली लागेर ट्रयाङ्कर चालक ३२ वर्षीय तुलाराम उपाध्याय घाइते भएका छन् ।
बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको ट्याङ्करलाई वीरगञ्जस्थित ड्राईपोर्टमा आउने सडकको वारलेस चोकमा हतियारसहित आएको लुटेराहरुको समूहले १२ पुष बिहान गोली प्रहार गरेका हुन् ।
ट्रयाङ्कर लुट्न खोजे पनि चालकले प्रतिकार गर्दा जोगिएको छ भने उनीसँग रहेको ४ हजार ५ सय भारतीय रुपियाँ लुटिएको छ ।
लुटपाट गर्नेको प्रतिकार गर्दा चालकलाई गोली लागेको नेपाल आयल निगम अमलेखगञ्ज क्षेत्रिय प्रमुख प्रदिप यादवले जानकारी दिए ।
लुटेराहरुले ट्रयाङ्कर नियन्त्रणमा लिन गोली चलाएका थिए । बायाँ पाखुरामा गोली लागेका चालक उपाध्याय घाइते भएका छन् । लुटेराको कुटपिटबाट चालक उपाध्यायको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
सुरेश विडारी, वीरगञ्ज