समाचार शुक्रबार, कात्तिक ८, २०७६

महरा घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइयो

हिमालखबर

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योगको घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।

पीडित महिलाको जाहेरीमा ‘जबरजस्ती करणी उद्योग’ भन्ने व्यहोराको भएकाले सोही बमोजिम प्रहरीले तयार गरेको प्रतिवेदन बुझाएको स्रोतको भनाइ छ ।

अब सरकारी वकिल कार्यालयले महरासँग लिएको बयान र शुक्रबार बुझाइएको प्रतिवेदनका आधारमा महराविरुद्ध अदालतमा मुद्दा लैजाने/नलैजाने निर्णय गर्नेछ अथवा थप अनुसन्धान गर्नुपर्ने भन्ने लागेमा पनि प्रहरीलाई भन्न सक्छ ।

२०७६ असोज १२ गते भएको भनिएको घटना सोही राती प्रहरीमा खबर भएको थियो भने भोलिपल्ट संचारमाध्यममार्फत पीडितले नै सार्वजनिक गरेकी थिइन् ।

उनले नै घटनाको ६ दिनपछि किटानी जाहेरी दिएपछि महरालाई पक्राउ नै गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको हो ।

प्रतिकृया दिनुहोस