आलोपालो प्रधानमन्त्रीको सहमति भएको छैनः पोखरेल
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कार्यवाहक प्रधानमन्त्री पोखरेलले अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको बताए । कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए ।
उनले दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टीभित्र छलफल र बहस हुुनुु सामान्य कुुरा भएकाले यसलाई हामीले विवाद भन्न नमिल्ने बताए । अखबारमा आएका दुुई अध्यक्षबीच विवाद सम्बन्धी समाचारमा सत्यता नभएको बताए ।