आफैले बोकेको पटका पड्किदा रुपन्देहीमा चार जना घाइते
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको पटका पड्किदा रुपन्देहीमा चार जना घाइते भएका छन् ।
रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका–३, पडरियामा पटका पड्किएको हो । गैंडहवा–७ का अशोक यादवले लु २० प १५ नम्वरको मोटरसाइकलमा पछाडि बाँधेर ल्याएको पटका साइलेन्सर पाइपले छुँदा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार, पटका पड्किदा यादव गम्भीर घाइते भएका छन् । उनको दुवै खुटामा चोट लागेको छ । हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पैदलयात्री लुम्विनी साँस्कृतिक नपा–३ का गुलरही मुसलवान, सोही ठाउँका धर्मेन्द्र भुज घाइते भएका छन् । अर्का घाइतेको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।