राजपुर–फरहदवा बमकाण्ड: प्रत्यक्षदर्शीको भिडियो बयान
१२ वर्ष अघि रौतहटको राजपुर–फरहदवामा बम विस्फोटको घटनामा रौतहट–२ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम २६ असोज २०७६ मा पक्राउ परे ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत २०६४ मा बम बनाउने क्रममा प्राविधिक गडबडीका कारण विस्फोट हुँदा यमुनामाई गाउँपालिका–४ का ओसी अख्तर मियाँ र पिन्टु भनिने त्रिलोकनारायण सिंहको मृत्यु भएको थियो ।
उक्त घटनाका मुख्य अभियुक्त आलमले पद र शक्तिको दुरुपयोग गरी घटनासँग सम्बन्धित यथेष्ट प्रमाण नष्ट गरिसकेकाे आरोप छ।
यद्यपि रौतहट प्रहरी भने त्यतिबेला घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र घाइतेको बयान सहित मुद्दालाई बलियो बनाउन प्रमाण जुटाउने क्रममा छ ।
प्रहरीले उक्त घटनाका घाइते सर्लाहीको गोडैता नगरपालिका–२ का सफिक मोहम्मदलाई पक्राउ गरेको छ । बमको छर्रा लागी घाइते भएका उनले एक वर्षसम्म भारतको मोतिहारीमा उपचार गराएका थिए।
आलमलाई पक्राउ गर्नुअघि प्रहरीको एक टोलीले सफिकको घरमै पुगेर बयान लिएको थियो।
बयानमा उनले बम विस्फोट हुँदा घटनास्थलमा भएको बताएका छन् । (हे. सफिकको भिडियो बयान)
*भिडियाेमा बाेलिएका भाषाकाे नेपाली अनुवाद
प्रश्नकर्ता पहिलो पुरुषः एउटा काम छ, तिमीले बयान दियौ भने जो मरेको मान्छे हाे केही पाउँथ्यो ।
प्रश्नकर्ता दोस्रो पुरुषः कल्याण हुन्थ्यो, तिम्रो पनि कल्याण हुन्थ्यो ।
महिलाः मलाई अर्काको धन चाहिँदैन ।
सफिक महम्मदः अब म के भनूँ !
प्रश्नकर्ता दोस्रो पुरुषः त्यो त अधिकार (हक) हो, न्याय (इन्साफ) हो ।
महिलाः छोडिदिनुस् । छोडिदिनुस् ।
प्रश्नकर्ता दोस्रो पुरुषः अधिकार (हक) र न्याय (इन्साफ) हुन्छ ।
सफिकः म एउटै कुरा भन्छु । मलाई अल्लाहले दिएको छ । भगवानले सबै कुरा गरेको छ । मलाई
केही कुराको कमी छैन ।
दोस्रो प्रश्नकर्ता पुरुषः एउटा कुरा, तिमी लटरपटर काममा छैनौ । पहिलेदेखि मलाई थाहा छ ।
महिलाः वहाँ हेर्न जानुभएको हो ।
दोस्रो प्रश्नकर्ता पुरुषः तिमी कसरी पर्यौ, यसमा ।
सफिकः अब म भन्छु । ...एसपी जो थियो सशस्त्रको ।
दोस्रो प्रश्नकर्ता पुरुषः कृष्ण लामा ?
सफिकः लामा, लामा सर
दोस्रो प्रश्नकर्ताः अँ...... लामा, लामा, कृष्ण लामा
सफिकः दुब्ला थिए । उनी उसकै (आफताब आलमको ?) घरमा थियो । अब नयाँ नयाँ पुलिस थिए ... मा ।
मंगलबारको दिन बजार थियो । त्यो दिन उसले माल (गोरु !) पास हुन दिएन । माल अडकियो मलेनियाधारमा । ६५ ओटा माल थियो । ... (नबुझिने वाक्य)
माल पास हुन दिएन त, मैले बलरवालाई फोन गरें । बलरवालाई भने यस्तो यस्तो कुरा छ ।
उसले भन्यो, ‘जाउँ कुरा गरौँ । उसले यो बाटो नभए पनि अर्को बाटो जान दिन्छ कि ! चिने जानेको काम गर्ने मानिस (जना !) पनि चाहिन्छ ।’
(घरमा) नास्ता गरेर जाऊँ भने । मैले पहिला भेट गरेर आउँछु भने । त्यो बेला घरमै (आलम !) थिए । त्यहा गएर सबै कुरा भन्यौ । कुरा गरी सकेपछि... त्यही बाटो हिँड्यौं ।
दोस्रो प्रश्नकर्ता पुरुषः अँ, त्यही खलिहान... त्यसमै त विष्फोट भएको थियो ।
सफिकः होइन विस्फाेट त भएको खलिहान नजिकै दक्षिणमुखको घरमा...
अनि मेरी श्रीमतीले नास्ता गर्न भनेकी थिई । मैले जाऊँ नास्ता गरौँ भने । उही बोल्यो, हिँड तिमीहरु खाँदै गर ।
ओसी अख्तरले भन्यो अब अन्तिम हो, अब सक्काएर खान्छु । मान्छेलाई हुन्छ नि अलिकति काम बाँकी हुँदा कसले छोडछ र ! काम सक्काएर खान्छु भन्यो ।
अब यो त भनेको थिएन कि यो अन्तिम हो, म आफै जाने वाला छु । त्यसैमा त्यसलाई लाग्यो । पडकेर त्यसमा आगो लाग्यो ।
...
दोस्रो प्रश्नकर्ता पुरुषः एकैचोटि पड्कियो ।
.....
दोस्रो प्रश्नकर्ता पुरुषः एकैचोटि पड्कियो ।
सफिकः आगै लाग्यो नि । छाना नै उड्यो ।
दोस्रो प्रश्नकर्ताः रातै रात बनाए हैन ?
सफिकः हँ