पारस खड्काको बर्थ डेमा आईसीसीले सम्झियाे तीन रेकर्ड
असोज अन्तिम साता दशक लामो कप्तानी भूमिकाबाट राजीनामा दिएका पारस खड्काले बिहीबार जन्म दिन मनाएका छन् । खड्काको जन्म दिनमा उनका कयौं फ्यानहरुले शुभकामना दिएका छन् ।
विश्व क्रिकेट परिषद् (आईसीसी)ले पनि खड्कालाई ट्वीट गर्दै शुभकामना दिएको छ । शुभकामना दिदैं आईसीसीले निवर्तमान खड्काको तीन रेकर्ड सम्झिएको छ ।
पहिलो, खड्का अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सवै भन्दा बढी रन जोड्ने खेलाडी हुन् ।
दोस्रो, टी–२० क्रिकेटमा नेपालबाट सतक गर्ने एक मात्रै खेलाडी हुन् ।
तेस्रो, ओडीआईमा सतक प्रहार गर्ने एक मात्र नेपाली खेलाडी हुन् ।
आईसीसीको ट्वीटमार्फत विश्वका क्रिकेटर समर्थकहरुले खड्कालाई जन्म दिनको शुभकामना दिएका छन् । त्यस मध्ये कयौंले भने ‘कप्तान’कै सम्बोधन गरेका छन् ।