महरालाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाए पछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमै लिएर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेको थियो । दशैं विदा परेकाले १३ पहिलो पटक १३ दिन र त्यसपछि पाँच दिन हिरासतमै लिएर अनुसन्धान गर्न अदालतले आदेश दिइसकेको छ ।
तर, प्रहरीले अझै अनुसन्धान नसकिएको भन्दै म्याद थपको अनुमति लिएको हो ।
१२ असोज राति बलात्कार प्रयास भएको भन्दै ती महिलाले १७ असोजमा जाहेरी दर्ता गरेकी थिइन् । ती महिलाको जाहेरी पछि १९ असोजमा महरालाई प्रहरीले हिरासतमा लिएको थियो ।