शिवम् सिमेन्टको क्वालिटीको मामलामा ‘नो कम्प्रोमाइज’
शिवम् सिमेन्ट लिमिटेडले ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ अभियान सञ्चालनमा ल्याएको छ । अभियान अन्तर्गत काठमाडौं, हेटौडा, पोखरा, नारायणगढ र जनकपुर लगायतका शहरहरूमा तीन दिनसम्म सामाजिक जनचेतनामुलक प्ले कार्ड बोकेका मानिसहरुको उपस्थिति थियो ।
प्ले कार्डहरूमा स्वास्थ्य, आस्था, सडक अनुशासन, परिवारको खुशी, फिट्नेस, मनोरञ्जन, बचतको मामलामा आदिमा ‘नो कम्प्रोमाइज’ लेखिएका थिए । नो कम्प्रोमाइजको नारालाई अगाडि बढाइरहेको शिवम् सिमेन्ट, आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले ग्राहकले मन पराएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शिवम् सिमेन्टले, ‘गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ’, ‘गुणस्तरको पहिचान हो शिवम् सिमेन्ट’ जस्ता नारा ल्याएको थियो ।