प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
असंलग्न राष्ट्रहरुको १८औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली कतार एयरवैजको विमानबाट अजरबैजान प्रस्थान गरेका हुन् । पत्नी राधिका शाक्य, प्रमुख राजीनितक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सहितको टोली अजरबैजान प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनका साइड सेशनका लागि अजरबैजान पुगिसकेका छन् ।