कला/साहित्यबुधबार, ६ कार्तिक , २०७६

दीपक मनाङ्गेको जीवनीमाथि फिल्म बन्ने

हिमालखबर

 दीपक मनाङ्गेको जीवनीमा आधारित फिल्म बन्ने भएको छ ।

गुन्डा नाइके भनेर चिनिने दीपक मनाङ्गेको फिल्म किरण नेपाली र अमलादेवी राईले निर्माण गर्ने भएको समाचार सार्वजनिक भएको छ ।

समाचारका अनुसार उक्त फिल्मको नाम ‘मनाङ्गे’ रहनेछ ।

फिल्ममा डन दीपक मनाङ्गे (राजीव गुरुङ) कसरी सांसद बने भन्ने कथा देखाइनेछ ।

उनी प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य हुन् ।

मनाङ्गेले निर्माण गरेको चलचित्र ‘पोइ पर्‍याे काले’ प्रदर्शनका क्रममा छ ।

प्रतिकृया दिनुहोस