समाचारबुधबार, ६ कार्तिक , २०७६

उपदान तेब्बर बढ्ने भएपछि पशुपति आर्यघाटका श्रमिकहरु काममा फर्किए

हिमालखबर

पारिश्रमिक बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका पशुपति आर्यघाटका कामदाहरुको आन्दोलन सहमतिमा स्थगित भएको छ ।

शव जलाउन दाउरा बोक्ने, खाडल खन्ने तथा शवदाह गर्ने कार्यमा संलग्न श्रमिकहरुले पारिश्रमिक बृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेका थिए ।

माग पूरा नभएसम्म काममा नफर्कने चेतावनी दिए पछि पशुपति क्षेत्र विकास कोषको सार्वजनिक खरीद तथा सुविधा महाशाखामा दुई पक्षीय बार्ता बसेर सहमति गरिएको छ । सहमतिअनुसार, श्रमिकहरुले पाउने उपदान रकम तेब्बर बढाइएको छ ।

५० हजार पाउनेले एक लाख ५० हजार, एक लाख पाउनेलाई तीन लाख र एक लाख ५० हजार पाउनेलाई पाँच लाख रुपै‌याँ उपदान दिन कोष तयार भएको छ । माग पूरा भएपछि श्रमिकहरु काममा फर्किएका छन् ।

उपचारका लागि दिइने रु‍. पाँच हजार बढाएर १५ हजार र २० हजारलाई ३० पुर्‍याइएको छ ।

दाहसंस्कार गर्नेको ज्याला १२ सयबाट १५ सय पुगेको छ भने दाउरा ओसार्नेको रकम चार सयबाट ६ सय पुगेको छ ।

उमेर हदलाई ६० बाट ६५ बनाइएको छ भने वर्षेनि पारिश्रमिक बढाउने सहमति समेत भएको छ ।

 

प्रतिकृया दिनुहोस