कला/साहित्यबुधबार, ६ कार्तिक , २०७६

सारा अली खानकाे भन्सालीसँग काम गर्ने चाहना

हिमालखबर

 बलिउड अभिनेत्री सारा अली खानले निर्देशक संजय लीला भन्सालीसँग काम गर्ने इच्छा रहेको बताएकी छिन् ।

एक अन्र्तवार्तामा उनले आफ्नो इच्छा व्यक्त गरेकी छिन् ।

चलचित्र केदारनाथ बाट बलिउडमा प्रवेश गरेकी सारा अली पछिल्लो समयकी क्षमतावान कलाकारको रुपमा परिचित छिन् ।

अहिले कार्तिक आर्यनका साथ इम्तियाज अलीको नयाँ फिल्म र बरुण धवनका साथ डेभिड धवनको कुली नं वानको सिक्वेलको सुटिङमा व्यस्त रहेकी साराले आफुले मन परेको हिरो तथा निर्देशकहरुसँग काम गर्न पाइरहेको खुशी पनि साटेकी छिन् ।

अब कोसँग काम गर्ने इच्छा छ भन्ने अन्र्तवार्ताकारको प्रश्नमा उनले संजय लिला भन्सालीको नाम लिएकी हुन् ।

सुशान्त राजपुतसँग केदारनाथमा गरेको अभिनयबाट चर्चा बटुलेकी साराले सिम्बा चलचित्रमा रणबीर सिंहसँग अभिनय गरेकी छिन् ।

यी दुबै चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । -एजेन्सी

प्रतिकृया दिनुहोस