खेलकुदबुधबार, ६ कार्तिक , २०७६

डिबालाले दिलाए युभेन्टसलाई जित

हिमालखबर

यूरोपियन च्याम्पियन्स लिगमा पाउलो डिबालाले उत्कृष्ट प्रदर्शनम गर्दै युभेन्टसलाई जित दिलाएका छन् ।

जितसँगै युभेन्टस समूह चरणको शीर्ष स्थानमा उक्लिएको छ । लोकोमोटिभ मस्कोलाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्टस शीर्ष स्थानमा उक्लिएको हो । मस्कोले पहिलो हाफको ३०औं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो ।

तर, पहिलो हाफमा १–० को अग्रता लिएको मस्कोलाई पराजित गर्न डिबालाले उत्कृष्ट प्रदर्शनी गरे । उनले ७७औं र ७९औं मिनेटमा गोल गरेका थिए । तीन खेलबाट युभेन्टसले सात अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस