समाचारबुधबार, ६ कार्तिक , २०७६

गोली प्रहारबाट जनकपुरमा एक जनाको मृत्यु, हत्यारा नियन्त्रणमा

हिमालखबर

ठेक्कापट्टाको लेनदेनमा कुरा नमिल्दा चलाइएको गोली लागेर ४० वर्षीय मनोज साहको मृत्यु भएको छ ।

जनकपुर उपमहानर–१४, का शंकर चौधरीले गोली चलाएका थिए । गोली लागेर साहको मृत्यु भए पछि चौधरी छिमेकको घरमा लुकेका थिए ।

तर, प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको छ । हत्यारा चौधरी नै भएको प्रहरीले बताएको छ । प्रहरीले दुई वटा पेस्तोल र २२ राउण्ड गोली समेत बरामद गरेको छ ।

 

प्रतिकृया दिनुहोस