अर्थ/बजारबुधबार, ६ कार्तिक , २०७६

माछापुच्छ्रे ब्यांक कर्पोरेट सुपर सिक्सेसको मुख्य प्रायोजक

हिमालखबर

माछापुच्छ्रे ब्यांक कर्पोरेट सुपर सिक्सेस सिजन–६ को मुख्य प्रायोजक रहने भएको छ ।

माछापुछ्रे कर्पोरेट सुपर सिक्सेसको मुख्य प्रायोजक रहनेगरी एसएस इभेन्ट म्यानेजमेन्ट सँग सम्झौता भएको छ । माछापुछ्रेका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस म्यानेजमेन्टका रमन शिवाकोटी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पछि टुर्नामेन्टको नाम ‘माछापुछ्रे कर्पोरेट सुपर सिक्सेस, सिजन–६’ हुने भएको छ ।

कार्यक्रममा माछापुछे्रका प्रमुख कार्यकारी अधिकृत शर्माले ब्यांकका कर्मचारीहरुको दैनिक काम सँगै खेलकुद प्रतिको रुचिलाई ध्यान दिएर मुख्य प्रायोजक बनेको बताए ।

प्रतिकृया दिनुहोस