अर्थ/बजारबुधबार, ६ कार्तिक , २०७६

टीशा बनिन् लक्ष्मी ब्या‌ंक माईकार्ड आइडियाज विजेता

हिमालखबर

लक्ष्मी ब्यांकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ प्रतियोगितामा टीशा श्रेष्ठ बिजेता बनेकी छन् । क्राउड सोर्सिङको अवधारणा ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्न र नयाँ भिसा कार्डको डिजाइन गर्न प्रतियोगिता गरिएको थियो ।

सातै प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नया भिसा कार्डको डिजाइन आह्वान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक महीनासम्म चलेको प्रतियोगितामा प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो ।

विजेता श्रेष्ठले सातै प्रदेशको कार्डको डिजाइन बापत ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएकी छन् । बिजेता घोषणा कार्यक्रममा डिजाइनहरुको अनावरण समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस