थप समाचारमंगलबार, ५ कार्तिक , २०७६

जापानका सम्राट नारुहिताेद्वारा राजगद्दी आरोहण 

हिमालखबर

जापानका सम्राट नारुहितोले भव्य समारोहका बीच राजगद्दी आरोहण गरेका छन्।

तस्वीर : एपी\रासस

पिता अकिहितोले राजगद्दी त्याग गरेपछि ५९ वर्षीय नारुहितो गत मे महीनामा जापानको सम्राट बनेका थिए ।

विभिन्न परम्परागत विधि पूरा गरे पछि उनले औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन्।

राजगद्दी आरोहणका बेला परम्परागत वस्त्र लगाएका नारुहितो साढे ६ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए ।

सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन्। 

उक्त विशेष समारोहमा जापानको राजकीय शक्तिको सङ्केतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो।

राजगद्दी समारोहमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, यूकेका राजकुमार चाल्र्स, भारतीय राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेको छ ।

सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्दैछन् । प्रधानमन्त्रीले सबै अतिथिहरूका लागि रात्रिभोज आयोजना गरेका छन्।

तस्वीर : एएफपी\रासस

 

प्रतिकृया दिनुहोस