संशोधन विधेयक विरुद्धको आन्दोलन अझै चर्काउने कांग्रेस अर्घाखाँचीको निर्णय
नेपाली कांग्रेस अर्घाखाँचीले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी आएको संविधन संशोधन विधेयकको विरोधमा जारी आन्दोलन निष्कर्षमा नपुगुन्जेल सशक्त पार्दै अघि बढ्ने निर्णय गरेको छ ।
पाँच नम्बर प्रदेशबाट पहाडका जिल्लालाई तराईसँग अलग गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिबाटै भए पनि त्यो जिल्लाका लागि स्वीकार नहुने पनि बैठकले निष्कर्ष निकालेको छ ।
बीपी स्मृतिभवन सन्धिखर्कमा बसेको जिल्ला कार्य समितिको बैठकले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने सोचलाई सँधैका लागि घातक भन्दै पार्टी शीर्ष नेतृत्वको सोच भन्दा पनि माथि उठेर आन्दोलन गरिरहेको र जिल्लाको बैठकले पनि त्यसलाई सदर गरेको कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीका सभापति बिष्णु मुस्कानले बताए ।
जिल्लामा चलिरहेको आन्दोलनको नेतृत्व पनि कांग्रेस सभापति मुस्कानले गरिरहेका छन् ।
बैठकले स्थानीय निकायको निर्वाचनका लागि सक्रिय भएर तयारी गर्नका लागि गाविस र नगरपालिकाका वडाहरुमा एक एक जना प्रतिनिधि खटाउने पनि निर्णय गरेको छ ।
प्रेम आचार्य