समाचारमंगलबार, ५ कार्तिक , २०७६

सामाजिक सद्भाव भड्काएको आरोपमा गायक दुर्गेश पक्राउ

हिमालखबर

सामाजिक सद्भाव भड्काएको आरोपमा गायक दुर्गेश थापा पक्राउ परेका छन् ।

प्रमुख जिल्ला अधिकारीको कार्यालय मार्फत सामाजिक सद्भाव भड्काउन प्रयास गरेको उजुरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए ।

थापाले ल्याएको तिहार गीतले सामाजिक सद्भाव भड्काउन उकासेको उजुरी परेको हो ।

उनको यो गीतको आलोचना भइरहेको छ । बालाजुबाट पक्राउ परेका थापाको अहिले अनुसन्धान भइरहेको प्रवक्ता ढकालले बताए ।

प्रतिकृया दिनुहोस