कांग्रेस पदाधिकारी बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिकलकण्ठमा बस्दैछ । भातृ संगठन र केन्द्रीय विभागका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
बैठकमा सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बीच भएको वार्ताबारे समेत छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन बारे छलफल भएको थियो ।