उपनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई राप्रपाको निर्देशन
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १४ मंसीरमा हुने उपनिर्वाचनको तयारी अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।
पार्टी अवस्थाबारे समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघन रुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ । बैठकमा विभागीय प्रमुखले आ–आफ्नो विभागको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लामा तिहारको लगत्तै यात्रा प्रारम्भ गर्ने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सबै प्रदेशमा सङ्गठन सुदृढीकरणका लागि छिट्टै प्रशिक्षण तथा कार्यकर्ता भेला गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताए ।