‘सन् २०३० सम्म मातृ मृत्युदर शून्यमा झार्न चुनौती’
संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपी)का कार्यकारी निर्देशक नतालिया कनेमले २०३० सम्म मातृ मृत्युदर शून्यमा झार्न चुनौती रहेको बताएकी छन् ।
नेपाल भ्रमणमा रहेकी निर्देशक कनेमले बालविवाह, अशिक्षा र भौगोलिक अवस्थाका कारण नेपालमा २०३० सम्म मातृ मृत्यु शून्यमा झार्न चुनौती रहेको बताएकी हुन् ।
४ कात्तिकमा यूनएफपीले पुल्चोकस्थित कार्यालयमा गरेको पत्रकार सम्मेलनमा कनेमले नेपालले दीगो विकासको लक्ष्य अनुसार, सन् २०३० सम्म मातृ मृत्युदर सँगै वालविवाहलाई शून्यमा झार्न चुनौती रहेको बताएकी हुन् ।
सन् २०१६ नेपाल जानसांख्यिक सर्वेक्षण अनुसार मातृमृत्युदर प्रति लाख जीवित जन्ममा २३९ छ । ११ वर्षभित्र नेपालले मातृ मृत्युदर शून्यमा झार्नु पर्नेछ ।
यूएनएफपीका कार्यकारी निर्देशक कनेमले महिलाको शारिरिक संरचना गर्भवती हुन तयार नहुँदै विवाह हुने कारण मातृ मृत्युदर शून्यमा झार्न चुनौती थपिएको बताइन् ।
“तर, युएनएफपीएले मातृमृत्युदर लगायतका सुचकलाई शून्यमा झार्न गर्नुपर्ने काममा नेपाललाई सहयोग तयार छ”, उनी भन्छिन् ।
बालविवाहलाई रोक्न समुदाय स्तरमा सचेतनाका कार्यक्रम र औपचारिक शिक्षा आवश्यक भएको बताइन् । १५ वर्ष वा सो माथिको उमेर समूहका २८ प्रतिशत किशोरीले शारिरिक वा यौन हिंसा र बालविवाहजस्ता समस्या भोगिरहेको तथ्यांक छ ।
कार्यकारी निर्देशक कनेम भन्छिन्, “यी समस्या समस्याहरुको अन्त्य गर्न महिला र पुरुषको बलियो गठबन्धन चाहिन्छ ।”