सन्दीप लामिछाने द हन्ड्रेडमा छनोट, झण्डै डेढ करोड पारिश्रमिक
द हन्ड्रेडमा नेपालका सन्दीप लामिछाने छनोट भएका छन् । द हन्ड्रेडको जारी अक्सनमा सन्दीप एक लाख पाउण्डमा छनोट भएका हुन् ।
सन्दीपलाई ओभल इन्भिनसिभल्सले अनुबन्धित गरेको छ । यो छनोट सँगै सन्दीपले अहिलेसम्मकै बढी पारिश्रमिक पाउनेछन् ।
केही दिन अगाडि ४५ हजार डलरमा अनुबन्धित भएका सन्दीप द हन्ड्रेडमा एक लाख पाउण्डमा छनोट भएका छन् ।