बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड
चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक महिला बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।
पिनासकाे समस्या भएर ल्याइएकी नवलपरासीकी ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायत क्षेत्रमा तोडफोड गरेका हुन् ।
उपचारका लागि ल्याइएकी ज्ञवालीकाे अप्रेशन भएकाे भाेलिपल्ट विभिन्न खराबी देखिन शुरु भएकाे उक्त अस्पतालका डा अरुण सेढाई बताउँछन् ।
मिर्गाैलाले काम नगरेकाे, प्लेटलेटकाे कमी, ब्लड प्रेसरकाे कमी भई बिरामीकाे अवस्था जटिल हुन गई पाँचाै दिनमा निधन भएकाे सेढाई बताउँछन् ।
मृतकका आफन्तले कलेजले लापरबाहीले गर्दा बिरामीको ज्यान गएको आरोप लगाएका छन् । करीब दुई सयको भीडले कलेजमा तोडफोड गरेको कलेजका डा आरुण सेढाईले बताएका छन् ।
तोडफोडमा संग्लनहरूलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको जनाएको छ ।