समाचारआइतबार, ३ कार्तिक , २०७६

पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित

हिमालखबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय एवम् प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

बीरध्वज खड्का माथि ज्यान मार्ने प्रयास गरेको अभियोग लगाए पछि गुरुङ बयानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् । खड्काको जाहेरी पछि अदालतले ९ असोजमा गुरुङलाई ३५ दिन भित्र उपस्थित हुन म्याद तामेली दिएको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनका बेला खड्का माथि ज्यान मार्ने प्रयास गरिएको आरोप गुरुङलाई लगाइएको छ । तर, गुरुङले भने राजनीतिक मुद्दा भएको बताउँदै आएका छन् ।

 

नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी

 

प्रतिकृया दिनुहोस