समाचार आइतबार, कात्तिक ३, २०७६

आलममाथि अनुसन्धान गर्न अझै सात दिनको म्याद थप माग

हिमालखबर

रौतहट नरसंहारको अभियोगमा पक्राउ परेका मोहमम्मद आफताव आलमको अनुसन्धान नसकिएको भन्दै प्रहरीले फेरि म्याद थप माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आलमलाई हिरासतमै राखेर अनुसन्धानका लागि अझै सात दिन म्याद थप माग गरेको छ । म्याद थपका लागि आलमलाई जिल्ला अदालत रौतहट लगिएको छ ।

२६ असोजमा पक्राउ परेका आलमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । २७ चैत २०६४ मा बम बिस्फोटमा परी मृत्यु भएका र घाइतेहरुलाई ईटाभट्टाको आगोमा हालेर हत्या गरेको आलममाथि आरोप लागेको छ ।

तर, नरसंहारकै आरोप लागेका आलममाथि १२ वर्षसम्म अनुसन्धान हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस