थप समाचारआइतबार, ३ कार्तिक , २०७६

यङचिङ बाओ ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर– २०१९’

हिमालखबर

यङचिङ बाओ फोटोग्राफर अफ द इयर–२०१९ को टाइटल जित्न सफल भएका छन् । विश्वका सय वटा देशका ४८ हजार तस्वीरमध्ये उनको तस्वीरले उक्त टाइटल प्राप्त गरेको हो ।

यङचिङले कैद गरेको उक्त शक्तिशाली फोटो ‘प्रकृतिको अन्तिम चुनौती—यो अस्तित्वको अन्तिम लडाइँ’ फ्रेममा रहेको छ । तिब्बती पोथी स्याल र हिमाली लोखर्केको हास्य र त्रास मिश्रित तस्वीर छ ।


पोथी स्यालले आफ्नो खानाको लागि हिमाली लोखर्केलाई आक्रमण गर्न लागेको र आक्रमणबाट बच्नका लागि हिमाली लोखर्केले प्रतिकार गरिरहेको क्षणको तस्वीर हो यो । तस्वीरमा प्राणीहरुले एक–अर्काको सामना गरिरहेको देख्न सकिन्छ ।

 च्वीघाई तिब्बतमा खिचिएको यो तस्वीर लन्डन स्थित नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीमा राखिएको छ । १८ अक्टोबरदेखि भइरहेको प्रदर्शनी २१ अक्टोबरसम्म हुने छ ।

यङचिङ बाओ

चार दिनसम्म हुने उक्त प्रदर्शनीमा यङचिङको यो तस्वीरसँगै अन्य ९९ वटा उत्कृष्ट तस्वीरहरु राखिएका छन् । लन्डनको नेचुरल हिस्ट्री म्युजियमको ५५ औं वार्षिक प्रतियोगितामा छनाेट भएको यो तस्वीरलाई प्राकृतिक ‘असाधारण’ भनिएको छ ।

तिब्बतमा जन्मेका बाओले आफ्नो फोटोग्राफीलाई निरन्तरता दिँदै मानिसहरुलाई प्रकृति र वन्यजन्तुको जानकारी एवं संरक्षण गर्न प्रोत्साहित गर्ने बताएका छन् ।

 

प्रतिकृया दिनुहोस