खेलकुदआइतबार, ३ कार्तिक , २०७६

रोनाल्डोको गोलमा जित निकाल्दै युभेन्टस शीर्ष स्थानमा कायमै

हिमालखबर

सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्टस् बोलोग्ना बिरुद्ध जित निकाल्दै शीर्ष स्थानमा कायमै रहेको छ ।

युभेन्टसलाई जित दिलाउन क्रिश्चियानो रोनाल्डोले १९औं मिनेटमै गोल गरेका थिए । तर, २६औं मिनेटमा बोलोग्नाले तत्काल गोल फर्कायो । उसका लागि डिनालाले गोल गरेका थिए ।

पहिलो हाफ एक–एक गोलको बराबरमा सकियो । दोस्रो हाफको ५४औं मिनेटमा मिरालेमले थप गोल गरेपछि युभेन्टस २–१ गोल अन्तरले विजयी भयो ।

जितसँगै ८ खेलबाट २२ अंक जोड्दै युभेन्टस् अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।

प्रतिकृया दिनुहोस