प्रिमियर लिगमा आज आठ खेल (तालिका सहित)
प्रिमियर लिगमा आज आठ खेल हुँदैछ । नवौं चरणको खेलमा बलिया टीमहरु टोटन हाम, चेल्सी, म्यानचेस्टर सिटी जस्ता बलिया क्लबहरु पनि भिड्दैछन् ।
पहिले खेल नेपाली समयअनुसार, ५ः१५ मा इभर्टन र वेस्ट हाम बीच हुँदैछ । यस पछाडिका खेल भने एकै समय ७ः४५ मा शुरु हुनेछ ।
७ः४५ मा इस्टन भिल्ला बिरुद्ध ब्राइटन, टोटन हाम बिरुद्ध वाटफोर्ड, एल्भरहाप्टन बिरुद्ध साउथहाप्टन, चेल्सी बिरुद्ध न्यू क्यास्टल, नर्विच सिटी बिरुद्ध बर्नमाउथ खेल्दैछ । यसै समयमा लेस्टर सिटी र बर्नेले बीचको खेल पनि हुनेछ ।
आजको अन्तिम खेल भने १०ः१५ मा क्रिस्टल प्यालेस विरुद्ध म्यानचेस्टर सिटीको हुनेछ ।
आठ खेल सकिंदा लिभरपुल अपराजित यात्रामा छ । लिभरपुलले आठ खेलबाट २४ अंक जोडेको छ भने दोस्रोमा आठ खेलबाट १६ अंक जोड्दै म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।
आर्सनल १५ अंक सहित तेस्रो र लेस्टर सिटी १४ अंक सहित चौंथो स्थानमा छ ।