पाकिस्तानी क्रिकेट कप्तान सरफराज अहमद कप्तानीबाट मुक्त, टीममा पनि राखिएन
पाकिस्तानी क्रिकेट कप्तान सरफराज अहमदलाई पाकिस्तानी क्रिकेट बोर्डले कप्तानीबाट मुक्त गरेको छ । उनलाई कप्तानीबाट मात्र नभई पाकिस्तानी क्रिकेट टीममा पनि राखिएको छैन ।
पाकिस्तान क्रिकेट बोर्डले टेस्ट टीमको बागडोर अजहर अली र टी २० को कमान बाबर आजमलाई सुम्पेको छ । अजहर अली यतिबेला टेस्ट क्रिकेटमा पाकिस्तानका शीर्ष बल्लेबाज हुन् । उनले टेस्ट म्याचमा ध्यान केन्द्रित गर्न एक दिवसीय क्रिकेटबाट संन्यास पनि लिइसकेका छन् ।
उनले १५ शतक र ५ हजार ६ सयभन्दा बढी रन बनाइसकेका छन् । अर्को तर्फ बाबर आईसीसी टी२०को र्यांकिङमा उत्कृष्ट बल्लेबाज हुन् । अहिलेसम्म उनी टीममा उपकप्तान रहँदै आएका थिए । २०१२ को वल्र्डकप टी२० मा पाकिस्तानको अन्डर १९ टीमको कप्तानी गरिसकेका छन् ।
पदमुक्त भएका सरफराजको पालामा २०१७ को च्याम्पियन ट्रफी जितेपछि पाकिस्तान टी२०को र्यांकिङमा शीर्षस्थानमा पुगेको थियो ।
तर, २०१९ को वल्र्डकप तथा श्रीलंकाविरुद्धको खेलमा हार व्यहोरेपछि उनको कप्तानी पद खोसिएको बताइएको छ । सरफराजको कप्तानी पद मात्र खोसिएन टीममा पनि राखिएको छैन ।
इंग्ल्याण्डमा भएको एकदिवसीय वल्र्डकपमा पाकिस्तानको खराब प्रदर्शनपछि सरफराजलाई हटाइने बताइँदै आएको थियो । –एजेन्सी