महरा सीसीयूमा
यौन दुव्र्यवहारको आरोपपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको रक्तचाप बढेको छ । उनको रक्तचाप शुक्रबार दुई सय पुगेको छ।
एक्कासी रक्तचाप बढेपछि अपरान्ह ४ बजे उनको मुटुको एन्जिओग्राफी गरिएको र त्यसपछि सीसीयूमा राखेर उपचार भइरहेको छ ।
महराको रगत पनि केही बाक्लो देखिएका कारण एन्जिओग्राफी पछि रगत पातलो पार्ने र कोलस्ट्रोल कम गर्ने औषधि दिइएको अस्पतालका एक चिकित्सकले बताएका छन् ।
यौन दुव्र्यवहार आराेपमा असोज १९ मा पक्राउ परेका महरा २३ असोजदेखि नर्भिक अस्पतालमै छन् । हिजोसम्म स्वास्थ्य सामान्य भएपनि आज एक्कासी रक्तचाप बढेको हो ।