गैरआवासीय नेपाली संघको मतदान सकियो, परिणाम भोलि बिहानसम्म आउने
गैरआवासीय नेपाली संघ (एनआरएनए) को मंगलबारदेखि शुरु भएको अधिवेशनमा बिहीबार बेलुका मतदान सकिएको छ ।
१० बजे शुरु भएको मतदान बेलुका ६ बजे सकिएको छ । यसअघि बुधबार मतदान हुने भनिए पनि ‘ईभीएम’को खराबीले बिहीबार मात्रै मतदान भएको हो ।
८१ मुुलुकका करीब २५ सय मतदाता रहेको गैरआवासीय नेपाली संघमा दुई हजार तीनसय ४१ जनाले मतदान गरे । मतदान बिहीबारका लागि सारिएकाले केही मतदाता मतदान नै नगरी फर्किएका थिए ।
मतगणना केहीबेरपछि शुरु गरिने निर्वाचन समितिले जनाएको छ । भोलि बिहानसम्म मतदानको परिणाम आइसक्ने पनि बताइएको छ ।
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावमा होमिएका छन् ।