खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर
खोज पत्रकारिता केन्द्रको अध्यक्षमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा निर्वाचित भएका छन् ।
ललितपुरमा बिहीबार भएको बाह्रौं साधारणसभाबाट उनी सर्वसम्मत चयन भएका हुन् ।
यस्तै साधारणसभाबाट उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहोरा पनि सर्वसम्मत चुनिएका छन् ।
कार्यसमितिका तीन सदस्यका लागि भने निर्वाचन भएको थियो । निर्वाचनबाट राजाराम गौतम, भृकुटी राई र लक्ष्मी बस्नेत निर्वाचित भए ।
नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष नम्रता शर्माले कार्यकाल सफलताको लागि शुभकामना दिइन् ।
कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।