गोप्य बैठकबाट चन्दका दाजु सहित २१ नेता पक्राउ
दाङबाट नेत्रविक्रम चन्दका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जंगलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बुधबार राति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चन्दका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । चन्द्रबहादुर चन्दका दाजु हुन् ।