टी–१० मा सन्दीप लामिछाने पहिलो चरणमै छानिए, ४५ हजार डलर पारिश्रमिक
युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने टी–१० मा सन्दीप लामिछाने पहिलो चरणकै छनोटमा परेका छन् ।
सन्दीपलाई कर्नाटका टसकसले पहिलो चरणमै लिएको हो । हासिम आम्ला मार्की खेलाडी रहेको कर्नाटकाले पहिलो चरणमै लिएकाले सन्दीपले ४५ हजार डलर पारिश्रमिक पाउनेछन् ।
प्रतियोगिता आगामी १४ नोभेम्बरबाट शुरु हुँदैछ । अन्तर्राष्ट्रिय प्रतियोगिता अनिवार्य सदस्य बनिसकेका सन्दीप अघिल्लो सिजनमा केरला नाइट्सबाट खेलेका थिए ।