अजोड इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त
अजोड इन्स्योरेन्स लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अजोड इन्स्योरेन्सको ३९ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न एनआईबीएललाई प्रबन्धक नियुक्त गरिएको हो ।
साधरण शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी रु.१ अर्ब, जारी पूँजी रु.१ अर्ब र चुक्ता पूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरीडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब हुनेछ ।
अजोड इन्स्योरेन्सले देशका लगभग सवैजसो प्रमुख शहरहरुमा शाखा बिस्तार गरिसकेको छ ।