हिरो मोटर साइकलको प्रिमियम मोटरसाइकल एक्सप्लस २०० बजारमा
हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले प्रिमियम मोटर साइकल–एक्स्पल्स २०० सार्वजनिक गरेको छ ।
नेपाली बजारमा महत्वाकाक्षी प्रिमियम उत्पादनको रणनीति लिएको हिरो मोटर कर्पले उत्पादन गरेको एक्स्पल्स २०० को को मुल्य रु.३८५,००० कायम गरिएको छ ।
साहसिक बाइकिङ समुह अन्तर्गत पृथक र विशेषतायुक्त एक्स्पल्स २०० मोटर साइकल देशभर रहेका नेपाल जेनरल मार्केटिङलको डिलरबाट उपलब्ध हुनेछ ।
एक्सपल्स २०० बिक्री शुरु गरेको केही महिनाको अवधिमा नै यो भारत, ल्याटिन अमेरिका लगायत बजारबाट सकारात्मक प्रतिक्रिया आएको जनाइएको छ ।
यस अघि सार्वजनिक दुई मोटरसाइकल एक्सपल्स २०० एस र एक्सपल्स २०० टी नयाँ प्रिमियम समुहका मोटरसाइकलहरुका साथ हिरो मोटरकर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको छ ।
एक्स्पल्स २०० मा २०० सीसी सिभि कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ ।
जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडी हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टहरुयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट राखिएको छ । यसमा रहको मोनो शकले कुनै पनि स्थानमा गति लिन मजबुति प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एक्स्पल्स २०० चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ विविध रङ्गमा उपलब्ध छ ।