लगानी भित्र्याउन तीन तहको सरकारबीच प्रतिश्पर्धाः ढकाल
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा गए पछि लगानी भित्र्याउन तीन तहको सरकार बीच प्रतिपश्र्धा नै चलेको बताएका छन् ।
गैर आवासीय नेपाली संघको महाधिवेशनलाई सम्बोधन गर्दै ढकालले मुलुक संघीयतामा गए पछि लगानीमैत्री बातावरण बन्दै गएको बताए । ढकालले भने, “तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक किसिमको प्रतिश्पर्धा शुरु भएको छ ।”
गैर आवासीय नेपालहरुले २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना र चन्द्रागिरी केबलकार बनाएको उनले बताए ।
उनले भने, “मलाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगत रुपमा भेटेर या फोन नै गरेर पनि आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आउन आग्रह गर्नुभएको छ ।”
ढकालले नेपालमा लगानी भित्र्याउन अन्यलाई पनि आग्रह गरे ।