राष्ट्रपति भण्डारी शितल निवासबाट विमानस्थलसम्म हेलिकोप्टरमा
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणमा निस्किएकी छन् ।
चार दिने राजकीय भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारी शितल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी थिइन् ।
हेलिकोप्टरमा विमानस्थल पुगेकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले विदाई गरेका थिए ।
राष्ट्रपति भण्डारीको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव लगायत छन् ।
राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।