पदक जित्नेलाई व्यक्तिगत पुरस्कारको घोषणा
विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा नगद पुरस्कार घोषणा गरेका हुन । स्वर्ण पदक जित्नेलाई नगद रु.१० हजार, रजत पदक जित्नेलाई नगद रु.पाँच हजार र काँस्य पदक जित्नेलाई नगद रु.तीन हजार पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिए ।
खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ । रासस