सहसचिव र उपसचिवका लागि खुल्यो विज्ञापन
लोकसेवा आयोगले एकै पटक ठूलो संख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ ।
आयोगले बुधबार सूचना प्रकाशित गर्दै २१६ सहसचिव र ४७२ उपसचिव पदका लागि विज्ञापन खुलाएको छ ।
निजामति सेवा र स्वास्थ्य सेवा तर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेद्वारहरुले ३ मंसीरभित्र आवेदन दिन सक्नेछन् । आवेदन आयोगको वेवसाइडमार्फत् भर्न सकिनेछ ।