अनुसन्धानका लागि महरालाई तीन दिन हिरासतमै राख्न अनुमति
हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तीन दिन अझैं हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
अदालतले म्याद थप गरेपछि महरालाई पुन: थापाथलीस्थित नर्भिक अस्पताल राखिएकाे छ । पक्राउ परेकाे केही दिनदेखि अक्सिजनकाे मात्रा कम भएपछि महरा उक्त अस्पतालमा भर्ना भएका थिए । उनी उक्त अस्पतालकाे क्याबिनमा रही उपचाररत छन् ।
महरालाई प्रहरीले २८ असोज बिहान नर्भिक अस्पतालबाट जिल्ला अदालत काठमाडौंमा म्याद थपका उपस्थित गराएको थियो । प्रहरीले अनुसन्धानका क्रममा महराको डीएनए परिक्षण गर्ने भएको छ ।
१२ असोज राति संसद सचिवालयका एक महिला कर्मचारीले महरालाई बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । गम्भीर आरोप लागेपछि १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका महरालाई १९ असोजमा प्रहरीले पक्राउ थियाे ।