सांसद प्रमाेद साह विमानस्थलबाट पक्राउ
जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
काठमाडौंबाट सर्लाही फर्कन विमानस्थल पुगेका सांसद साहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । धनुषा प्रहरीको अनुरोधमा जिल्ला अदालत धनुषाले साहलाई पक्राउ गर्न आदेश दिएको थियो ।
उडान ढिलो भएको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए । साहले भने बिरामी काठमाडौं लैजान ढिलो गरिएको भन्दै तोडफोड गरेका थिए ।
काउन्टर तोडफोड पछि नेपाल विमान चालक संघले सात दिन भित्र कार्बाही नगरे सवै उडान बन्द गर्ने चेतावनी दिएको थियो ।