महराको डीएनए परीक्षण गरिने
बलात्कार प्रयासको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको डीएनए परीक्षण गरिने भएको छ ।
घटनास्थलमा भेटिएका सामग्री बारे अनुसन्धानका लागि महराको डीएनए परीक्षण गरिन लागेको प्रहरीले जनाएको छ । नर्भिक अस्पतालको क्याविनमा उपचारत महराको डीएनए परीक्षण गरिनेछ ।
महराले १२ असोज राति बलात्कार प्रयास गरेको संसद सचिवालयकै एक कर्मचारीले आरोप लगाएकी थिइन् । गम्भीर आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।
पीडित महिलाको जाहेरी पछि प्रहरीले महरालाई हिरातमा राखेर अनुसन्धान गरिरहेको छ ।