७२ दिन पछि कश्मीरमा चल्यो मोबाइल
भारत सरकारले जम्मु–कश्मीरको विशेषाधिकार खोस्ने निर्णय पछि अबरुद्ध मोबाइल सेवा सञ्चालनमा आएको छ ।
गएको ५ अक्टोबर देखि कश्मीरमा टेलिफोन सेवा अवरुद्ध गरिएको थियो । तर, भारत सरकारले अवरुद्ध सेवा शुरु गरे सँगै ४० लाख मोबाइल सञ्चालनमा आएको छ । बीबीसीका अनुसार, प्रिपेड मोबाइल भने अझै चलेको छैन ।
मोबाइल चले पछि दुई महीनासम्म कुरा गर्न नपाएका कश्मीरीमा खुशी देखिएको छ । मोबाइल चले सँगै आफन्त र परिवार सँग कुराकानी शुरु भएको छ । सामाजिक सञ्जाल मार्फत खूशी व्यक्त गरिएका छन् ।
भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै टेलिफोन सेवा अबरुद्ध गर्दा १.४ अर्व डलर बराबरको नोक्सान हुनुका साथै हजारौंले रोजगारीको अवसर गुमाएको कश्मीर चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले जनाएको छ ।