विश्वकप छनोटमा नेपाल अन्तिम अवे खेल खेल्दै
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटमा नेपालले मंगलबार जोर्डन बिरुद्ध खेल्दैछ ।
छनोट खेलमा नेपालको यो अन्तिम अवे खेल हो । यसपछि नेपालले समूहका सवै टीम सँग घरेलु मैदानमा प्रतिपश्र्धा गर्नेछ ।
मंगलबार राति पौने नौ बजे शुरु हुने खेलमा नेपाल अंक खोस्नेगरी मैदानमा उत्रने तयारीमा छ । बलियो टीम जोर्डनसँग अहिलेसम्म नेपालले जित्न सकेको छैन । सन् २०११ मा विश्वकप छनोटका क्रममा नेपालले अवे खेलमा ९–० ले पराजित भएको थियो घरेलु मैदानमा बराबरीमा खेल सकिएको थियो ।
यसपटक अवे खेलमै जोर्डनसँग बराबरीसम्म खेल्ने तयारीमा छ, नेपाल ।
नेपाल यसअघि अष्ट्रेलिया र कुवेत सँग पराजित भइसकेको छ भने चाइनिज ताइपेईबिरुद्ध जित निकालेको छ । कुवेतसँग लज्जास्पद हार बेहोरे पनि अष्ट्रेलिया सँग भने खेलमा सुधार देखिएको थियो ।
जोर्डन फिफा विश्व बरियतामा ९८औं स्थानमा छ भने नेपाल १६१औं स्थानमा छ ।