संविधानको रक्षा साझा दायित्वः उपसभापति गच्छदार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा संक्षिप्त कुरा गर्दै उपसभापति गच्छदारले जनताको बलिदानबाट आएको संविधानलाई संस्थागत गर्नु साझा दायित्व भएको बताए । उपभासपति गच्छदारले सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्ने बताए ।
उपसभापति गच्छदारले नेपालको संविधान साझा दस्तावेज भएकाले यसको रक्षा गर्न सत्तापक्ष र प्रतिपक्षले दायित्व लिनुपर्ने बताए ।
उनले विगतमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भनाइ राख्दै अहिलेको सरकार दुई तिहाइ बहुमतको भएकाले विकास र शान्तिले सार्थकता पाउनेमा आफू आशावादी रहेको चर्चा गरे ।