वडा कार्यालयमा आगजानी
मकवानपुर थाहा नगरपालिका–५ को कार्यालयमा आगजनी भएको छ ।
आरनडाँडामा रहेको वडा कार्यालयमा २६ असोज राति आगजनी भएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले बताए ।
विद्युतको मिटर बक्स फुटेको आवाज पछि स्थानीयले वडा कार्यालयमा आगजनी भएको थाहा पाएका थिए । आगजनीबाट कार्यालयका कागजपत्र सहित फर्निचरहरु जलेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
आगजनी गराएकाे आराेपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे छ ।
-सुरजकुमार भुजेल, मकवानपुर